लगानी खबर, काठमाडाैँ - समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने भनिएकाे मर्जर खारेज भएकाे छ ।
समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गत असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे थियाे ।
तर बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएकाे हुनाले अब यी २ संस्था मर्ज नहुने भएका छन् । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेप्सेमा एक सूचना प्रकाशन गरी बहुमतकाे कदर गर्दै स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज गर्न नसकिने निष्कर्श निकालिएकाे जानकारी गराएकाे छ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।