Like us!
Follow us!

भारी अंकले घटेको बजारमा यी कम्पनीले गरे सर्वाधिक कारोबार

भारी अंकले घटेको बजारमा यी कम्पनीले गरे सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमामा पुगेको छ । बिहीबार नेप्से परिसूचक १.६२ प्रतिशतले घटेको हो ।  

घटेको बजारमामा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ । आज हाइड्रोपावरले ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँको कारोबार गरेको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर कम्पनी, ङादी ग्रुप पावर लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी लिमिटेड, डिप्रोक्स लघुवित्त, नेपाल बैंक लिमिटेड, अरुण काबेली पावर, रिडी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी (NRIC) रहेका छन् । 

6130a4e0d104f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।