लगानी खबर, काठमाडौं - कारोबार हुने साताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमामा पुगेको छ । बिहीबार नेप्से परिसूचक १.६२ प्रतिशतले घटेको हो ।
घटेको बजारमा आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर ६.८७ प्रतिशतले घटेर १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : कर्पोरेट डेभलपमेन्ट बैंकको ६.४८ प्रतिशतले घटेर ९ सय ९६ रुपैयाँ पुगेको छ । अरुण काबेली पावरको ६.०९ प्रतिशतले घटेर ६ सय १ रुपैयाँ पुगेको छ । एन.आर.एन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर ५.८८ प्रतिशतले घटेर ८ सय रुपैयाँ पुगेको छ । कर्णली डेभलपमेन्ट बैंकको ५.८० प्रतिशतले घटेर ५ सय ३६ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आज प्रोग्रेशिभ फाइनान्सको सेयर पनि घटेको छ । आज फाइनान्सको सेयर ५.५६ प्रतिशतले घटेर ५ सय १० रुपैयाँ पुगेको छ । बेष्ट फाइनान्स कम्पनीको सेयर ५.५३ प्रतिशतले घटेर ५ सय ४५ रुपैयाँ १० पैसा पुगेको छ । सेन्ट्रल फाइनान्सको ५.२६ प्रतिशतले घटेर ६ सय ८४ रुपैयाँ पुगेको छ । नयाँ सारथी लघुवित्तको सेयर ५.२२ प्रतिशतले घटेर १ हजार ७ सय ६ रुपैयाँ पुगेको छ र लाईफ इन्स्योरेन्स कम्पनी नेपाल (LICN) को सेयर ५.१४ प्रतिशतले घटेर २ हजार १ सय ७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।