लगानी खबर, काठमाडाैँ - आज (बिहीबार) सेयर बजारमा उच्च अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचकका साथसाथै काराेबार रकम पनि घटेकाे छ । काराेबार हुने सबै उपसमूह राताम्मै छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा पुगेकाे छ । नेप्से १.७८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.९० अंकले घटेर ५४१.७७ विन्दुमा झरेकाे छ ।
कूल २३० वटा कम्पनीकाे एक कराेड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।
बिहीबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५७ कराेड ४० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।