लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रतिकित्ता ३०९ रूपैयाँमा भएकाे छ । कम्पनीकाे काराेबार अधिकतम रेञ्जबाट सुरू भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।
बुधबार कम्पनीकाे २ कराेड कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।