Like us!
Follow us!

एनआईसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डकाे बुकक्लोज मिति तय

एनआईसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डकाे बुकक्लोज मिति तय

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेका छन् । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले बुकक्लोज मिति ताेकेका हुन् ।

दुवै म्युचुअल फण्डले लाभांश प्रयाेजनका लागि भदाै २७ गते बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, भदाै २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । २५ गते शुक्रबार र २६ गते शनिबार परेकाे छ ।

एनआईसी एशिया क्यापिटलकाे श्रावण १५ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

सूचना पनि :

6130416e2f72e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।