अपी पावर कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (भदाै १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
१. अपी पावर कम्पनी लिमिटेड
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (भदाै १८ गते, शुक्रबार) देखि बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले आज (भदाै १७ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।
यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश भाद्र २५ गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेडटावर काठमाडौँमा हुन लागेकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गर्नेछ ।
२. ङादी ग्रुप पावर कम्पनी लिमिटेड
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि (भदाै १८ गते, शुक्रबार) देखि बुकक्लाेज गर्ने भएकाे छ । त्यसैले आज (भदाै १७ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आठौँ वार्षिक साधारण सभा असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा हुँदैछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।