Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

लगानी खबर, काठमाडाैँ - बुधबार नेपाल स्टक एक्सचेञ्जमा विभिन्न ३ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । समृद्धि फाइनान्सकाे हकप्रद सेयर तथा स्वावलम्बन लघुवित्त र नागरिक लगानी काेषकाे बाेनस नेप्सेमा सूचिकृत भएकाे हाे । 

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १९.००५६ प्रतिशत बाेनस बापतकाे १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

नागरिक लगानी काेष

काेषकाे ९ प्रतिशत बाेनस बापतकाे २७ लाख कित्ता सेयर सूचिकृत भएको हाे । 

समृद्धि फाइनान्स कम्पनी लिमिटेड

कम्पनीकाे १४ लाख २० हजार ७ सय १८ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । फाइनान्सले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।