लगानी खबर, काठमाडौं - नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर नयाँ बानेश्वर, बीच सम्झौता भएको छ । कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको हो ।
सो सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा।राजेश देवले हस्ताक्षर गरेका छन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा।इन्द्रकुमार कट्टेल,निर्देशक गोपाल घिमिरे,कामु नायव निर्देशक रोशन जंग कार्की, उप निर्देशक अमृत बहादुर अधिकारीको उपस्थिती रहेको थियो ।
सो सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दशैँ तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०-२० प्रतिशत , माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलव ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ ।
त्यसैगरी, कोषका सहभागी र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत, दशैँ र तिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ । यस सम्झौताले कोषमा विभिन्न योजनाहरुमा सहभागी भएका योगदानकर्ताहरुले लाभ लिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।