आज (बुधबार) नेप्सेमा हरियाली देखिएकाे छ । केही दिनदेखि बजारमा निरन्तर करेक्सन देखिएकाे थियाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे पहिलाे काराेबार दिन आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेकाे छ ।
कूल २२६ वटा कम्पनीकाे एक कराेड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
बुधबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५९ कराेड ९९ लाख ३६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
बुधबार रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.५५ प्रतिशतले बढेर एक हजार ४ सय ४८ रूपैयाँ पुगेकाे छ ।
त्यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।