Like us!
Follow us!

नेपाल हाइड्रो डेभलपर्सकाे नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

नेपाल हाइड्रो डेभलपर्सकाे नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडाैँ - नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड १० लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २६.३९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड ८५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेकाे छ  । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी ७ करोड ३० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । उक्त आम्दानी अघिल्लाे वर्षकाे भन्दा ३ कराेड ११ लाख रूपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट  १० करोड ४२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, हाल कम्पनीकाे चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ करोड ९२ लाख ९६ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८० पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

612f350c69441.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।