Like us!
Follow us!

कामना सेवा विकास बैंक र सोल्टी होटलबीच सम्झौता

कामना सेवा विकास बैंक र सोल्टी होटलबीच सम्झौता

लगानी खबर, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेड र सोल्टी इन्टरप्राइज प्राइभेट लिमिटेडबीच मर्चेन्ट सम्झौता भएको छ । 

सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले सोल्टी क्राउन प्लाजा काठमाडौँ र सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जमा विशेष छुट पाउने छन्  । बैंकका ग्राहक र कर्मचारीहरूले होटेलमा खाना र बेबरेज सामाग्रीमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकको एटिएम कार्ड वा बैंकको ग्राहक भएको पहिचान खुल्ने अन्य कागजातको आधारमा यो छुट सेवा लिन सकिनेछ  । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।