लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ६०.८४ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेकाे छ । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी ५ करोड ९७ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । उक्त आम्दानी २९.६९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको कम्पनीले जनाएकाे छ ।
त्यसैगरी, हाल कम्पनीकाे चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५० लाख २४ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ ।
कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।