Like us!
Follow us!

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, सम्झौतामा हस्ताक्षर

वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्ज हुने, सम्झौतामा हस्ताक्षर

लगानी खबर, काठमाडाैँ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन् । यी दुई संस्थाबीच हिजाे (भदाै १५ गते, मंगलबार) गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।  

त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम दुवै संस्थाकाे सेयर काराेबार आज (भदाै १६ गते, बुधबार) बाट राेक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

हाल वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख रूपैयाँ र सुर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।