लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायोजन भएको छ ।
फण्डकाे ५० प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ १३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम काराेबार मूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।