लगानी खबर, काठमाडौं - नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५,६०० जना सहभागिबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो ।
सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ-आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका संस्थापक सिइओ ज्ञानेन्द्र खड्काले बताए ।
छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ हुन्छ उ नै उत्कृष्ट २५ मा पुग्नेछ । यसर्थ परिणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ । अर्थात जसको धेरै लाइक र भिउ आउछ उ नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् ।
ग्यापु मार्केटप्लेसको आधिकारिक वेबसाइट (gyapu.com) मा गएर उत्कृष्ट ५० को नाम हेर्न सकिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।