Like us!
Follow us!

अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

लगानी खबर, काठमाडौं - अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निस्शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। 

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको१ लाख रुपैयाँसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्।त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजार रुपैयाँसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ। नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन्। 

खल्तीबाट आफ्नो सहकारी खातामा निस् शुल्क रकम ट्रान्सफर गर्नको लागि:-
-खल्ती एप डाउनलोड गरी लग(इन गर्ने ९नयाँ प्रयोगकर्ताहरुले साइन अप मा जाने 
-खल्ती को होम पेजमा गई “कोअपरेटिभ ट्रान्सफर” मा ट्याप गर्ने 
-अब सम्पूर्ण विवरण दाखिला गरी “भ्यालिडेट कोअपरेटिभ अकाउन्ट” बटनमादबाउने 
-अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “ओके ” बटनमा ट्याप गर्ने 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।