Like us!
Follow us!

मैलुङ खोला जलविद्युतको सेयर रजिष्ट्रार चयन

मैलुङ खोला जलविद्युतको सेयर रजिष्ट्रार चयन

लगानी खबर, काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले  साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।