लगानी खबर, काठमाडौं - दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असोज ६ गते त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे जुम मार्मत संचालन हुनेछ ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यसैगरी सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परि मार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।