Like us!
Follow us!

ङादी ग्रुपले २ वटा जलविद्युतको सेयर किन्ने

ङादी ग्रुपले २ वटा जलविद्युतको सेयर किन्ने

लगानी खबर, काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले २ वटा जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ। 

कम्पनी आज (भदौ १५ गते मंगलबार) बसेको सञ्चालक समितिको बैठकले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले संचालन गरेको सुपरमाई ए जलविद्युत आयोजना (९.६० मेगावाट) र माइखोला क्यास्केड आयोजना (३ मेगावाट) को सेयर किन्ने निर्णय गरेको हो। 

जसअनुसार कम्पनीले सुपरमाई ए जलविद्युतको ७६.५८ प्रतिशत र  माइखोला क्यास्केड आयोजनाको सतप्रशित (१००%)  सेयर खरिद सेयर किन्ने निर्णय गरेको छ। 

यी दुवै आयोजनाबाट हाल विद्युत उत्पादन भइरहेको पनि कम्पनीले जनाएको छ। 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

 

612db9629e238.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।