Like us!
Follow us!

बम्पर लाभांश वितरण गर्न सिटिजन्स म्युचुअल फण्ड १ र २ ले ताेके बुकक्लाेज मिति

बम्पर लाभांश वितरण गर्न सिटिजन्स म्युचुअल फण्ड १ र २ ले ताेके बुकक्लाेज मिति

लगानी खबर, काठमाडाैँ - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले बुकक्लाेज मिति ताेकेका छन् ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भदाै २४ गते, एक दिनका लागि बुकक्लाेज गर्ने घाेषणा गरेका हुन् । त्यसैले, भदाै २३ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

सूचना पनि :

612da14c9280d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।