Like us!
Follow us!

कोरोनाबाट थप ६ जनाले गुमाए ज्यान, उपत्यकामा मृतक कति ?

कोरोनाबाट थप ६ जनाले गुमाए ज्यान, उपत्यकामा मृतक कति ?

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये, एक जना महिला र ५ जना पुरूष हुन् ।

मृत्यु हुनेमा काठमाडौँकी ८० वर्षीया महिला तथा सुनसरीका ७० वर्षीय पुरुष, पर्साका ५४ वर्षीय र ६० वर्षीय पुरूष, काठमाडौँका ८५ वर्षीय पुरूष र कपिलवस्तुका ६२ वर्षीय पुरुषहरू रहेका छन् ।

5f57601e8df40.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।