Like us!
Follow us!

गरिमा विकास बैंककाे विशेष साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

गरिमा विकास बैंककाे विशेष साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - गरिमा विकास बैंक लिमिटेडकाे विशेष साधारण सभा आज ( भदाै १५ गते, मंगलबार) हुँदैछ । उक्त सभा बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, सभामा सञ्चालक समितिले  निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।

यसैगरी, सभामा प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे छ । त्यसैले, भदाै ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।