Like us!
Follow us!

अरुण काबेलीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

अरुण काबेलीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीकाे १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ८१ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ७ सय ९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

612d7f0b07b53.jpg

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

कम्पनीको ११औं वार्षिक साधारण सभा भदौ २६ गते कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।