Like us!
Follow us!

एनआईबिएल प्रगति फण्डको न्याभ ३.८८ रुपैयाँले घट्यो, सेयर लगानी कति ?

एनआईबिएल प्रगति फण्डको न्याभ ३.८८ रुपैयाँले घट्यो, सेयर लगानी कति ?

लगानी खबर, काठमाडौं - एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ३४ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा ३ रुपैयाँ ८८ पैसाले घटेर हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य न्याभ १८ रुपैयाँ २२ पैसा रहेकाे थियो ।

यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ९१ करोड १३ लाख रुपैयाँ  पुगेकाे छ ।  असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ९८ करोड ९ लाख रुपैयाँ  लगानी गरेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612c9907be7bf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।