Like us!
Follow us!

सनराइज ब्लूचिप फण्डको वित्तीय अवस्था कस्तो छ ?

सनराइज ब्लूचिप फण्डको वित्तीय अवस्था कस्तो छ ?

लगानी खबर, काठमाडौं - सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ५० पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा बढेको हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ०६ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४९ करोड २५ लाख पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा बढेकाे हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ३५ करोड ९१ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, फण्डले विभिन्न प्रकारका ३६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ५८ करोड ८२ लाख रुपैयाँ पुगेकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ६७ कराेड २१ लाख रूपैयाँ रहेकाे थियाे ।

त्यसैगरी, सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ नाफा कमाएकोमा साउन मसान्तमा वृद्धि भएर ५ करोड ६१ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612c89746682e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।