Like us!
Follow us!

लक्ष्मी उन्नति कोषको खुद सम्पत्ति मूल्यमा गिरावट

लक्ष्मी उन्नति कोषको खुद सम्पत्ति मूल्यमा गिरावट

लगानी खबर, काठमाडौं - लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १३ रुपैयाँ ५० पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १ रुपैयाँ ४२ पैसाले घटेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ ९२ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५५ करोड २ लाख पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा बढेकाे हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५२ करोड ६८ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, फण्डले विभिन्न प्रकारका ५६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस अवधिसम्म फण्डकाे बैंक मौज्दात १९ करोड ६१ लाख रुपैयाँ पुगेकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ३८ कराेड ४० लाख रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
 

612c764b2f393.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।