लगानी खबर, काठमाडौं रियलमीले नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार आइतबारदेखि नै दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको प्रि–बुकिङ गर्न सकिन्छ । उक्त फोन बजारमा भने सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार ३२ जीबी मेमोरी र २ जीबी र्याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार आठ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी र्याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी–३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ । स्मार्टफोनमा सुपर नाइटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २।३ गिगाहर्ज प्रोसेसर पनि छ ।
यसैगरी कम्पनीले रियलमी सी–११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सी–११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीका अनुसार रियलमी सी–११ मा पनि ६.५ इन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको पाँच हजार मेगाहर्जको ब्याट्री जिओमेट्रिक आर्ट डिजाइन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।
यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी र्याम भएको यो स्मार्टफोन मात्र २७ हजार एक सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार तीन वर्षमा छचोटि अपग्रेड तीन करोड ३० लाख युनिट बिक्री भएको रियलमी नम्बर सिरिज सबैभन्दा सफल सिरिज हो । ६४ मेगापिक्सल क्यामेरा भएको यस स्मार्टफोनमा रहेको फोटोग्राफी फिचर्सबाट दिन र रातमा पनि सुन्दर फोटो खिच्न मिल्छ ।
सुपर एमोलेड डिस्प्ले भएको रियलमी ८ मा ब्राइटनेस लेभल एक हजार युनिटसम्म लग्न मिल्छ । यसैगरी, यसको पाँच हजार मेगाहर्ज ब्याट्री, ३० वार्ट डर्ट फ्ल्यास चार्जको मद्दतले ६५ मिनेटमै चार्ज फुल हुन्छ ।
कम्पनीका अनुसार रियलमीका प्रशंसकहरुले यी दुवै स्मार्टफोनहरु पनि आइतबारदेखि नै दराज अनलाइनमार्फत प्रिबुकिङ गर्न सक्नेछन् भने सेप्टेम्बर १ देखि नेपालभरि नै उपलब्ध हुनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।