लगानी खबर, काठमाडौं - सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) २० रुपैयाँ ४८ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १ रुपैयाँ २७ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १९ रुपैयाँ २१ पैसा रहेकाे थियो ।
त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ८५ करोड २२ लाख ४८ रूपैयाँ पुगेकाे छ । उक्त लगानी असार मसान्तकाे तुलनामा बढेकाे हाे । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७९ करोड ४८ लाख ७४ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, फण्डले विभिन्न प्रकारका ५२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ५६ करोड २० लाख ९१ हजार रुपैयाँ पुगेकाे छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ५३ कराेड ३० लाख १ हजार रूपैयाँ रहेकाे थियाे ।
फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।