Like us!
Follow us!

एनआइसी एसिया ग्रोथ फण्डको न्याभ बढ्यो, सेयर लगानी कति ?

एनआइसी एसिया ग्रोथ फण्डको न्याभ बढ्यो, सेयर लगानी कति ?

लगानी खबर, काठमाडौं - एनआइसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइसी एसिया ग्रोथ फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) २० रुपैयाँ २२ पैसा पुगेको छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा १ रुपैयाँ ४७ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य न्याभ १८ रुपैयाँ ७५ पैसा रहेकाे थियो ।

यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ३ करोड २१ लाख रूपैयाँ पुगेकाे छ ।  असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५८ करोड ३१ लाख ७६ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612c66640b6e3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।