लगानी खबर, काठमाडाैँ - बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते साेमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा भाेलि (भदाै १५ गते, मंगलबार) सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज थियाे । तर आज सार्वजनिक बिदा परेकाे हुनाले मंगलबार बैंकिङ्ग समयपश्चात् मात्र बिक्री बन्द गरिन लागेकाे हाे ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । कम्पनीकाे आईपीओमा ईसेवाबाट पनि आवेदन दिन सकिनेछ ।
सूचना पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।