लगानी खबर, काठमाडाैँ - मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले भाेलि भदाै १५ गते, मंगलबारबाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ९ हजार एक सय ८७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले भदाै १५ गते, मंगलबारबाट भदाै २० गते, आइतबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
सूचना पनि :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।