Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सकाे बाेनस हितग्राही खातामा जम्मा

लुम्बिनी जनरल इन्स्योरेन्सकाे बाेनस हितग्राही खातामा जम्मा

 लगानी खबर, काठमाडाैँ - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस सेयर जम्मा गरेकाे छ ।

कम्पनीको जेठ २८ गते साेमबार सम्पन्न भएकाे साेह्राैँ वार्षिक साधारण सभाले पारित गरेकाे ५ प्रतिशत बाेनस सेयर जेठ १३ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नाे सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बाेनस वितरण गरिनेछ ।

कम्पनीकाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

सूचना हेर्नुहाेस् :

612c357c1faf5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।