Like us!
Follow us!

नारायणी डेभलपमेन्टसहित यी कम्पनीका लागानीकर्ताले सर्वाधिक कमाए

नारायणी डेभलपमेन्टसहित यी कम्पनीका लागानीकर्ताले सर्वाधिक कमाए

लगानी खबर, काठमाडौं : कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमामा पुगेको छ । आइतबार नेप्से परिसूचक १.५८ प्रतिशतले घटेको हो । 

राताम्मै भएको बजारमामा आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर १  हजार १ सय ३७ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ ।  

त्यसैगरी, सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : खानीखोला हाइड्रोपावरको १० प्रतिशतले बढेर ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर ७.५६ प्रतिशतले बढेर ७ सय ७५ रुपैयाँ पुगेको छ । जानकी फाइनान्सको ६.९९ प्रतिशतले बढेर ७ सय ९६ रुपैयाँ पुगेको छ । 

त्यसैगरी, आज सिभिल लघुवित्त वित्तीयस संस्था लिमिटेडको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर ६.३० प्रतिशतले बढेर १ हजार ६ सय ७० रुपैयाँ पुगेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर ६.०९ प्रतिशतले बढेर ४ सय १४ रुपैयाँ ५० पैसा पुगेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ५.९९ प्रतिशतले बढेर ७ सय ४५ रुपैयाँ पुगेको छ । गुडविल फाइनान्सको ५.८७ प्रतिशले बढेर ९ सय ७४ रुपैयाँ पुगेको छ । मितेरी डेभलपमेन्ट बैंकको ५.३८ प्रतिशतले बढेर ८ सय २२ रुपैयाँ पुगेको छ र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर ४.९९ प्रतिशतले बढेर ७ सय १६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

612b61ec8cf1c.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।