Like us!
Follow us!

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश इकाईधनीको खातामा

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश इकाईधनीको खातामा

लगानी खबर, काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश इकाईधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । फण्डले भदाै ९ गते, बुधबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे हो ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि साउन ३२ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र याे लाभांश प्राप्त गर्नेछन् । 

 सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई करसहित ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाे थियाे

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

फण्डकाे योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612b2802af437.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।