लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमामा पुगेको छ । आइतबार नेप्से परिसूचक १.५८ प्रतिशतले घटेको हो ।
घटेको बजारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ । आज कम्पनीले १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७ सय ७८ रुपैयाँको कारोबार गरेको छ ।
त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : अरुण काबेली पावर, जीवन विकास लघुवित्त, आइसि एफसि फाइनान्स, हिमालयन डिस्टिलरी लिमिटेड, अपि पावर कम्पनी, जानकी फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी, गुडविल फाइनान्स र लुम्बिनी विकास बैंक रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।