लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमामा पुगेको छ । आइतबार नेप्से परिसूचक १.५८ प्रतिशतले घटेको हो ।
आज रुरु जलविद्युत परियोजजा लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको सेयर १० प्रतिशतले घटेर १ हजार ४ सय ९५ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश - सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर ७.३५ प्रतिशतले घटेर ५ सय ५५ रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको ५.७४ प्रतिशतले घटेर १ हजार ३ सय ३० रुपैयाँ पुगेको छ । सिइडिबी हाइड्रोको ५.२६ प्रतिशतले घटेर १ हजार २ सय ६० रुपैयाँ पुगेको छ । आज बरुण हाइड्रोपावरको सेयर ५.२४ प्रतिशतले घटेर ६ सय ३४ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यसैगरी, आज हिमालयन पावर पार्टनरको सेयर पनि घटेको छ । आज कम्पनीको सेयर ४.४४ प्रतिशतले घटेर ५ सय ८२ रुपैयाँ ९० पैसा पुगेको छ । युनियन हाइड्रोपावरको सेयर ४.३१ प्रतिशतले घटेर ४ सय ८८ रुपैयाँ पुगेको छ । आइसि एफसि फाइनान्सको ४.१४ प्रतिशतले घटेर १ हजार १ सय ११ रुपैयाँ पुगेको छ । लिवर्टी इनर्जी कम्पनीको सेयर ४.१३ प्रतिशतले घटेर ४ सय ४१ रुपैयाँ पुगेको छ र पञ्चकन्या माई हाइड्रोपावरको सेयर ३.८६ प्रतिशतले घटेर ३ सय ९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।