Like us!
Follow us!

सेयर बजारमा भारी अंकको गिरावट, अरुण भ्यालीले गर्यो एक अर्बमाथिको कारोबार

सेयर बजारमा भारी अंकको गिरावट, अरुण भ्यालीले गर्यो एक अर्बमाथिको कारोबार

लगानी खबर, काठमाडौं - साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज बजारमा भारी अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचुक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेको छ आज नेप्से १.५८  प्रतिशतले घटेको हो ।

आज कूल २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार कूल १३ उपसमूहमध्ये एउटा समूहको मात्र सेयर घटेको छ, भने बाँकी १२ वटा उपसमूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहमा लगानीकर्ता आकर्षित भएका छन् । आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 

आइतबार अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीले एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

612b5428dd99d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।