Like us!
Follow us!

सेयरमा लगानी बढाउँदै सानिमा इक्विटी फण्ड, न्याभ कति ?

सेयरमा लगानी बढाउँदै सानिमा इक्विटी फण्ड, न्याभ कति ?

लगानी खबर, काठमाडौं - सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फन्डले २०७८ साल साउन मसान्तकाेवित्तीय विवरण सार्वजनिक गरेकाे छ ।  साउन मसान्तसम्म आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । 

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा पुगेको छ । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य २० रुपैयाँ ९६ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी २ अर्ब ९ करोड ८० लाख रूपैयाँ पुगेकाे छ । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ९१ करोड ८२ लाख २ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, फण्डले विभिन्न प्रकारका ८३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । साउन मसान्तसम्ममा यस योजनाले २२ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612b3f16c6932.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।