Like us!
Follow us!

प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने

प्रभु म्युचुअल फण्डले नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने

लगानी खबर, काठमाडौं - प्रभु म्युचुअल फण्डले 'प्रभु स्मार्ट फण्ड' नामक नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ । 

फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई  'प्रभु स्मार्ट फण्ड' निष्कासन गर्नका लागि  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

फण्डले 'प्रभु स्मार्ट फण्ड' नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि बोर्डमा साउन २५ गते निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । योजनाले बोर्डबाट स्वीकृति पाएपछि उक्त इकाई निष्कासन गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।