Like us!
Follow us!

नेप्सेको निमित्त सीईओको जिम्मेवारी फुयाललाई

नेप्सेको निमित्त सीईओको जिम्मेवारी फुयाललाई

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयाललाई दिइएकाे छ । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

नेप्सेको सञ्चालक समितिकाे बैठकले नियमित कार्य सुचारु राख्नका निम्ति उनलाई याे जिम्मेवारी प्रदान गरेकाे हाे ।

यही मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।