Like us!
Follow us!

एक महिनामा भित्रियो ६ लाखभन्दा बढी मोबाइल सेट

एक महिनामा भित्रियो ६ लाखभन्दा  बढी मोबाइल सेट

लगानी खबर, काठमाडौं - चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो (साउन) महिनामा नेपालमा ६ लाख ६७ हजार मोबाइल सेट भित्रिएको छ । 

कोरोना महामारीका कारण पछिल्लो समय मोबाइल सेटको आयातमा वृद्धि हुँदै गएको छ । लकडाउनका कारण यातायातका साधन नचल्नु तथा अनलाइन कक्षा र घरमै बसेर कार्यालयको काम गर्नु परेकाले मोबाइलको माग बढेको जानकारहरूले बताएका छन् ।

मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले लकडाउनमा चोरी निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको बताएका छन् । 

पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो । दूरसञ्चारका पूर्वाधार तथा सेवा ग्रामीण क्षेत्रसम्म पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।