Like us!
Follow us!

महासंघकाे ‘५० स्टार्टअप-५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू

महासंघकाे ‘५० स्टार्टअप-५० लगानीकर्ता’ कार्यक्रमको आवेदन पुनः सुचारू

लगानी खबर, काठमाडाैँ - नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः सुचारू गरिएको छ ।

कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो ।

कोभिड महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेटन नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस भनेर महासंघले आवेदन दिने समय पुनः सुचारू गरेको हो । यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरि सकेपछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिनेछ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिनेछ । उक्त आवेदन प्रक्रियालाई पुनः सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ ।

लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसँग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि समेत यो आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफनो व्यवसायमा शीप, ज्ञानको आधार र दह्रो प्रतिबद्दता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।