लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजार वृद्धि भएको छ । आज नेप्से परिसूचक १७.४६ अंकले बढेर ३०९३.९० विन्दुमामा पुगेको छ । बिहीबार नेप्से परिसूचक ०.५७ प्रतिशतले बढेको हो ।
बढेको बजारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ७ सय २० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : आँखु खोला जलविद्युत कम्पनीको १० प्रतिशतले बढेर ४ सय ३१ रुपैयाँ २० पैसा पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर १ हजार ८२ रुपैयाँ ४० पैसा पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशतले बढेर १ हजार ३४ रुपैयाँ पुगेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आज गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर पनि बढेको छ । आज कम्पनीको सेयर १० प्रतिशतले बढेर ७ सय २ रुपैयाँ ९० पैसा पुगेको छ । घलेम्दी हाइड्रो लिमिटेडको सेयर १० प्रतिशतले बढेर ४ सय ५५ रुपैयाँ ४० पैसा पुगेको छ । जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेर ५ हजार १ सय ९८ रुपैयाँ ९० पैसा पुगेको छ । खानीखोला हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर ३ सय ९३ रुपैयाँ पुगेको छ र सिनर्जी पावरको ९.८४ प्रतिशतले घटेर ६ सय १४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।