Like us!
Follow us!

हकप्रद निष्कासन गर्न नागरिक लगानी कोष धितोपत्र बोर्डको ढोकामा !

हकप्रद निष्कासन गर्न नागरिक लगानी कोष  धितोपत्र बोर्डको ढोकामा !

लगानी खबर, काठमाडौँ - नागरिक लगानी कोषले हकप्रद शेयर निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । 

काेषले १:०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न हिजाे (भाद्र २२ गते, साेमबार) सेबाेनमा निवेदन पेश गरेकाे हाे । काेषले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

त्यसैगरी, काेषकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।