Like us!
Follow us!

दोहोरो अंकले बढ्यो सेयर बजार, हाइड्रो र विकास बैंकमा लगानीकर्ता आकर्षित

दोहोरो अंकले बढ्यो सेयर बजार, हाइड्रो र विकास बैंकमा लगानीकर्ता आकर्षित

लगानी खबर, काठमाडौं - साताको अन्तिम कारोबार दिन आज (बिहिबार) भने सेयर बजारले उकालो यात्रा तय गरेको छ । यस साता ३ दिन मात्र खुलेको बजारमा २ दिनसम्म बजारमा भारी गिरावट आएको थियो । मंगलबार र बुधबार निरन्तर घटेको बजारमा आज दोहोरो अंकको वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १७.४६ अंकले बढेर ३०९३ दशमलव ९० विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से ०.७५ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले बढेर ५७१.३९ विन्दुमा पुगेको छ ।

बिहिबार कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ । आज कूल २३२ कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँ बराबरको कारोबार भएको हो । 

कूल १३ उपसमूहमध्ये ८ कम्पनीको सेयरमूल्य घटेको छ भने बाँकी ५ कम्पनीको सेयरमूल्य बढेको छ । आज हाइड्रोपावर र विकास बैंक समूहमा लगानीकर्ता आकर्षित भएका छन् ।

बिहिबार ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज अरुण भ्याली हाइड्रोपावर, आँखु खोला जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, घलेम्दी हाइड्रो ,जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो ।

61275faa1df29.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।