Like us!
Follow us!

नेप्सेमा ६० लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा ६० लाख कित्ता सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीको ६० लाख कित्ता सेयर सूचिकृत भएको हो । जसमा सूर्योदय लघुवित्तको बनस सेयर र अपि पावरको हकप्रद सेयर रहेका छन् ।

नेप्सेमा सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १५.३५ प्रतिशत बोनस वापतको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

त्यसैगरी, अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको २९.३८ प्रतिशत हकप्रद वापतको उक्त सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । 

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।