Like us!
Follow us!

नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, २ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, २ कम्पनीको कारोबार सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको हो । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर आज १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ पुगेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशतले बढेर ७ सय २ रुपैयाँ ९० पैसा पुगेको छ । आज अरुण भ्याली हाइड्रोपावरको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ । बिहीबार हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेर ७ सय २० रुपैयाँ ५० पैसा पुगेको छ र जीवन विकास लघुवित्तको सेयरपनि १० प्रतिशतले बढेर ५ हजार १ सय ९८ रुपैयाँ ९० पैसा पुगेको छ । 

त्यस्तै, आज बिहीबार खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रो लिमिटेडको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १२.४८ अंकले बढेर ३०८८.९२ विन्दुमा पुगेको छ । त्यसैगरी ७ अर्ब २६ करोड, ४ लाख ५५ हजार ३ सय १० रुपैयाँको कारोबार भएको छ । 

61274bf092952.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।