Like us!
Follow us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Al Mulla Exchange बिच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Al Mulla Exchange बिच रेमिटान्स कारोबार सुरु

लगानी खबर, काठमाडौं - कुवेतको ख्यातिप्राप्त Al Mulla Exchange र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । Al Mulla Exchange कुवेतको पहिलो मोबाईल एप्लिकेशन शुरु गर्ने रेमिटान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् । 

कुवेतमा रहेका नेपालीहरुले Al Mulla Exchange को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको  जुन सुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।