Like us!
Follow us!

अधिकांश सूचकमा मञ्जुश्री फाइनान्स अगाडी, अन्यको अवस्था कस्तो छ ?

अधिकांश सूचकमा मञ्जुश्री फाइनान्स अगाडी, अन्यको अवस्था कस्तो छ ?

लगानी खबर, काठमाडौं - विभिन्न १५ वटा फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत  विभिन्न १५ फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश सूचकमा मञ्जुश्री फाइनान्स लिमिटेडले प्रगति गरेको छ। 

सार्वजनिक वित्तीय विवरणलाई हेर्ने हो भने गत वर्षमा १५ ओटा कम्पनीले कुल १ अर्ब ९७ करोड १७ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये सो अवधिमा मञ्जुश्री फाइनान्स लिमिटेडले सर्वाधिक नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ ओटा कम्पनीमध्ये ३ कम्पनीको नाफा घटेको छ । 

कम्पनीले सो अवधिमा  ५६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ११५ प्रतिशतले वृद्धि भएको हो ।  सर्वाधिक नाफा आर्जन गर्नेको दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ कम्पनीले सो अवधिमा २० करोड १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गोर्खाज फाइनान्सलाई पछ्याउँदै आईसीएफसी  फाइनान्सले १९ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

यता समृद्धि फाइनान्सले भने सबैभन्दा कम ४४ लाख ९९ हजार रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ  ।

वितरणयोग्य नाफामा को अब्बल ?
कुनैपनि कम्पनीले वितरणयोग्य मुनाफाको आधारमा नै आफ्ना लगानीकर्तालाई प्रतिफल गर्ने गर्दछ । त्यसैले जुनसुकै कम्पनीको वितरणयोग्य मुनाफाले ठूलो अर्थ राख्दछ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म सबैभन्दा धेरै वितरणयोग्य नाफा मञ्जुश्री फाइनान्स लिमिटेडले नै गरेको छ  । सो अवधिसम्म कम्पनीले ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  त्यसैगरी, गोर्खाज फाइनान्सले ४० करोड ७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानी मञ्जुश्री फाइनान्सको नै सबैभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ५८ रुपैयाँ ८५ पैसा रहेको छ । त्यसैगरी, गोर्खाज फाइनान्सको २३ रुपैयाँ ३ पैसा, गुडवील फाइनान्स २१ रुपैयाँ १२ पैसा र आईसीएफसी फाइनान्सको १९ रुपैयाँ १६ पैसा रहेको छ । सबैभन्दा कम समृद्धि फाइनान्सको १ रुपैयाँ ५ पैसा रहेको छ ।

चुक्ता पूँजी 
चुक्ता पूँजीको आधारमा आईसिएफसी फाइनान्स सबैभन्दा बलियो देखिन्छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको ९६ करोड ५३ लाख ९५ हजार र पोखरा फाइनान्सको ९६ करोड ३१ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।